लहान सबस्टेशन स्तरोन्नति सम्पन्न, मधेशमा थप भरपर्दो विद्युत् सेवा पक्का ।।।

0Shares

लहान सबस्टेशन स्तरोन्नति सम्पन्न, मधेशमा थप भरपर्दो विद्युत् सेवा पक्का ।।।

विनोद मण्डल, साउन २१ । मधेश प्रदेशमा विद्युत् सेवा थप भरपर्दो र गुणस्तरीय बनाउने लक्ष्यअनुसार नेपाल विद्युत् प्राधिकरणले सिराहाको लहान सबस्टेशनमा महत्वपूर्ण स्तरोन्नति सम्पन्न गरेको छ ।

लहान सबस्टेशनमा रहेका दुवै १६ एमभीए (MVA) क्षमताका ओभरलोड पावर ट्रान्सफर्मरलाई २४ एमभीए क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
यस स्तरोन्नतिसँगै लहान, धनगढीमाई, लक्ष्मीपुर, बरियारपट्टी, औरही तथा सुखीपुरलगायत क्षेत्रका उपभोक्ताले थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

प्राधिकरणका अनुसार ट्रान्सफर्मरको क्षमता वृद्धि भएपछि विद्युत् भार व्यवस्थापन सहज हुने, ओभरलोडको समस्या न्यूनीकरण हुने तथा बढ्दो विद्युत् मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोग पुग्नेछ ।

यस आयोजनालाई मधेश प्रदेशको विद्युत् पूर्वाधार सुदृढीकरणतर्फको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसबाट घरेलु उपभोक्ताका साथै उद्योग, व्यापार तथा सेवा क्षेत्रले समेत प्रत्यक्ष लाभ पाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *