काठमाडौंमा निम्सदाइसहित ब्रोड पिक दुर्घटनाका १० पर्वतारोहीप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
2026-08-04झुटा विवरण पेश गरी भूमिहीनको नाममा जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
2026-08-04
वर्षौँदेखि अलपत्र खुट्टी खोलाको पुल साउन १९ को बाढीले दर्जनौँ बस्ती सम्पर्कविहीन स्थानीयको आक्रोश पिल्लर मात्रै होइन हाम्रो आशा पनि अलपत्र छ
थाङमिचागु डटकम दोलखा
थाङमिचागु डटकम संवाददाता

सिराहा, साउन १९ — सिराहा जिल्लाको पर्यटकीय क्षेत्र गडमेस्थित खुट्टी खोलामा साउन १९ गते आएको बाढीले आसपासका दर्जनौँ बस्तीको जनजीवन कष्टकर बनेको छ। वर्षौँदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पुल नबन्दा बाढीसँगै स्थानीयको आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।
अविरल वर्षापछि खोलामा पानीको बहाव बढेपछि गडमे, मड्यान, निमडाँडा, भालूटार, आहालेलगायतका बस्तीका स्थानीय जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन्। दैनिक उपभोग्य सामग्री ल्याउन, बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन र विद्यार्थीलाई विद्यालय जानसमेत सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार खुट्टी खोलामा वर्षौँअघि पुल निर्माण सुरु गरिए पनि केही पिल्लर ठड्याएर काम बीचमै रोकिएको छ। आजसम्म पुल निर्माण सम्पन्न नहुँदा प्रत्येक वर्ष बर्खायाममा गाउँहरू सम्पर्कविहीन हुने समस्या दोहोरिँदै आएको छ
बाढी आउँदा गाउँ नै टापु बन्छ। पुल बन्छ भन्ने आशामा वर्षौँ बित्यो, तर खोलाको बीचमा उभिएका पिल्लरले हाम्रो पीडा मात्रै सम्झाइरहेका छन्,” एक स्थानीयले गुनासो गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
स्थानीयवासीले अलपत्र अवस्थामा रहेको पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न सरकार, सम्बन्धित निकाय तथा निर्माण कम्पनीसँग माग गरेका छन्। समयमै पुल निर्माण सम्पन्न भए हजारौँ नागरिकले वर्षौंदेखिको सास्तीबाट मुक्ति पाउने विश्वास उनीहरूको छ।
विकासका नाममा अधुरा संरचना होइन, जनताको दैनिकी सहज बनाउने जिम्मेवारी पूरा गर्न सम्बन्धित निकाय अब गम्भीर बन्नुपर्ने स्थानीयको माग छ।





