नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न।।।

0Shares

नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न।।।

थाङमिचागु डटकम संवाददाता

सुलेमानी (कुर्दिस्तान, इराक)। नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन–२०२६ शुक्रबार हिमालयन नेपाली रेस्टुरेन्ट, सुलेमानीमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि श्रीमती जेसिका बोम्जन तामाङलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

कार्यक्रम नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीकी निवर्तमान अध्यक्ष श्रीमती शोभा भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकका संस्थापक अध्यक्ष श्री च्यङ्बा लामाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजका अध्यक्ष श्री मेखराज लामा, सचै केन्द्र नेपाल कुर्दिस्तानका अध्यक्ष श्री जमुना श्रेष्ठ, नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकका संरक्षक श्री श्याम मम्बा तामाङ, श्री इन्द्र श्रेष्ठ तथा श्री कमल वाइबा लगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी तथा नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तथा निवर्तमान अध्यक्ष श्रीमती शोभा भुजेलले आफ्नो दुई वर्षे कार्यकालमा साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संस्थाको हित, एकता र विकासका लागि आगामी दिनहरूमा पनि आफ्नो तर्फबाट निरन्तर सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

नवनिर्वाचित अध्यक्ष श्रीमती जेसिका बोम्जन तामाङले संस्थाको उद्देश्य, गरिमा र सदस्यहरूको विश्वासलाई आत्मसात गर्दै सम्पूर्ण कार्यसमितिसँग सहकार्य गरेर नेपाली महिला समाजलाई अझ सशक्त, एकताबद्ध र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिला अधिकार, सामाजिक एकता, आपसी सद्भाव तथा संस्थागत विकासलाई प्राथमिकतामा राखी प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति यसप्रकार रहेको छ–

अध्यक्ष: जेसिका बोम्जन तामाङ
उपाध्यक्ष: प्रमिला पुरी लैला
महासचिव: माया स्याङ्तान तामाङ
सचिव: सोफिका शेर्पा
कोषाध्यक्ष: शृष्टि शेर्पा

सदस्यहरू:
रितु तामाङ, निसा मल्ल ठकुरी, गङ्गा तामाङ, जमुना श्रेष्ठ, सुकुमाया तामाङ, सिला बोम्जन, प्रमिला तामाङ, स्मिता तामाङ र सन्जु तामाङ।

त्यसैगरी अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीका संस्थापक अध्यक्ष श्री सानु शेर्पाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो। शपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्य, नीति र जिम्मेवारीलाई आत्मसात गर्दै इमानदार, जिम्मेवार र प्रतिबद्ध भएर कार्य गर्ने अठोट व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीले आगामी दिनमा महिला सशक्तीकरण, सामाजिक एकता तथा संस्थागत विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन नेपाली महिला समाजकी सल्लाहकार तथा थाङ्मी चाँगु डट कम मिडियाकी प्रबन्ध निर्देशक श्रीमती सरिता बाल तामाङले गर्नुभएको थियो। उहाँले नवनिर्वाचित कार्यसमितिमा रहनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै संस्थाको हित, महिला हक–अधिकार तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय भएर जिम्मेवारी पूरा गर्न शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, व्यवसायी तथा सम्पूर्ण नेपाली समुदायप्रति नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानी परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

नेपाली महिला समाज कुर्दिस्तान–सुलेमानीका महासचिव तथा दोलखा दर्पण न्युजका प्रबन्ध निर्देशक माया स्याङ्तान तामाङले सन् २०१७ मा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै नेपाली समुदायमा सामाजिक एकता, सहयोग र सेवामूलक कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो।

उहाँले विशेषगरी दिनदुःखी, पीडित तथा विभिन्न समस्यामा परेका नेपाली महिला एवं समुदायका सदस्यहरूलाई आवश्यक सहयोग, साथ र समर्थन प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। आगामी दिनहरूमा पनि नेपाली महिला समाजले महिला सशक्तीकरण, सामाजिक सेवा, समुदायको हित तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा अझ प्रभावकारी रूपमा कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले संस्थालाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउन सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक, संघ–संस्था तथा सहयोगी हातहरूको निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *