नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न।।।
2026-08-03सुक्खा पहिरोको जोखिम बढेपछि मुगुको पुलु बजारका स्थानीय रातारात विस्थापित
2026-08-03
सुक्खा पहिरोको जोखिम बढेपछि मुगुको पुलु बजारका स्थानीय रातारात विस्थापित
सुक्खा पहिरोको जोखिम बढेपछि मुगुको पुलु बजारका स्थानीय रातारात विस्थापित
मुगु, साउन १८ | थाङमिचागु डटकम

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति सुक्खा पहिरोको जोखिम बढेपछि स्थानीयवासी रातारात घर छाडेर सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्।
आइतबार राति करिब ८:३० बजे गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट एक्कासी ढुङ्गा खस्न थालेपछि बजार क्षेत्रमा त्रास फैलिएको हो। जोखिम बढ्दै गएपछि स्थानीयले घर छाडेर सुरक्षित स्थानमा आश्रय लिएका छन्।
मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलका अनुसार ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित मानवीय क्षति रोक्न स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन भइरहेको पनि उनले जानकारी दिए।
केही दिनअघि सोही क्षेत्रमा गएको पहिरोमा परी ३ वर्षीय एक बालकको मृत्यु भएको थियो भने ६ वटा घर पूर्ण रूपमा क्षति पुगेका थिए। त्यसयता पनि वर्षासँगै पहिरो र ढुङ्गा खस्ने जोखिम कायम रहेकाले स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा आवश्यक परे थप सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।




