नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न।।।
2026-08-03सुक्खा पहिरोको जोखिम बढेपछि मुगुको पुलु बजारका स्थानीय रातारात विस्थापित
2026-08-03
Tuesday, August 4, 2026
रामेछाप–सिन्धुली सिमानामा दुर्घटना, बसको ठक्करपछि कार नदीमा
बसको ठक्करपछि सुनकोशीमा कार खस्यो, उद्धार कार्य जारी
सिन्धुली, साउन १८ | थाङमिचागु डटकम

रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना क्षेत्रस्थित लिखु खोला नजिक सुनकोशी नदीमा यात्रुसहितको कार खसेको छ।
प्राप्त जानकारीअनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत निर्माणस्थलमा खटिएका कन्ट्रयाक्टर सहित सवार कारलाई बसले ठक्कर दिएपछि कार नदीमा खसेको हो।
फिक्कल गाउँपालिका–२ नवलपुर, सिन्धुलीमा भएको उक्त दुर्घटनाको पुष्टि फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले गरेका छन्।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ। कारमा सवार व्यक्तिको संख्या, उनीहरूको अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




