निर्माणाधीन मैरे पुलमाथि पहिरो, तत्काल व्यवस्थापनको माग।।।

0Shares

निर्माणाधीन मैरे पुलमाथि पहिरो, तत्काल व्यवस्थापनको माग

दोलखा, २ श्रावण २०८३। लगातार परेको अविरल वर्षाका कारण दोलखाको बिगु गाउँपालिका–८ थाङ्मीचागुस्थित निर्माणाधीन मैरे पुलमाथि पहिरो खसेपछि निर्माण कार्य प्रभावित भएको छ।

पहिरोसँगै ठूलो चट्टान, ढुंगा र माटो पुल निर्माणस्थलमा खसेको छ। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको स्थानीयले बताएका छन्।

बिगु गाउँपालिका–८ का वडा अध्यक्ष हिरा धनवीर थामीले थाङ्मीचागु डटकमसँग कुरा गर्दै निर्माणाधीन पुलमाथि पहिरो खसेर निर्माण कार्य प्रभावित भएको जानकारी दिनुभयो। उहाँले सम्बन्धित विपद् व्यवस्थापन निकाय तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै पहिरो प्रभावित क्षेत्रमा तत्काल स्थलगत निरीक्षण गरी दीर्घकालीन समाधानका लागि भरपर्दो सुरक्षात्मक वाल निर्माण तथा आवश्यक व्यवस्थापन गर्न आग्रह गर्नुभयो।

स्थानीयका अनुसार समयमै आवश्यक व्यवस्थापन हुन नसके निर्माणाधीन पुलमा थप क्षति पुग्न सक्ने भएकाले सम्बन्धित निकायले शीघ्र आवश्यक पहल गर्नुपर्ने देखिएको छ।

थाङ्मीचागु डटकमले घटनासम्बन्धी थप आधिकारिक जानकारी प्राप्त हुनासाथ निरन्तर अपडेट गर्नेछ।

तस्बिर : स्थानीय
समाचार : थाङ्मीचागु डटकम
स्थानीय आवाज, जनताको खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *