निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।

0Shares

निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय

दोलखा निको आथाङ तुनमुन समाजको नियमित बैठक २०८३ साल साउन १ गते समाजका अध्यक्ष श्री पलबहादुर थामीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।

बैठकले समाजको संस्थागत सुदृढीकरण, आपसी एकता तथा साझा हितको प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक महिनाको ५ गते नियमित रूपमा मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

त्यसैगरी, गाउँ तथा समाजमा देखिएका विभिन्न समस्या, चुनौती र आवश्यकताहरूको पहिचान गरी आपसी समन्वय, सहकार्य र सहभागितामूलक प्रक्रियामार्फत समाधान गर्दै समाजलाई थप सशक्त, व्यवस्थित र एकताबद्ध बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।

समाजले सामाजिक एकता, विकास, संरक्षण तथा समृद्धिका अभियानमा सम्पूर्ण गाउँवासी, शुभेच्छुक तथा समाजका सदस्यहरूको सक्रिय सहभागिता, रचनात्मक सुझाव एवं निरन्तर सहयोगको अपेक्षा गर्दै सबैलाई हातेमालो गर्न हार्दिक अनुरोध गरेको छ।

निको आथाङ तुनमुन समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *