मलेसियामा रहेका नेपाली श्रमिकलाई दूतावासको विशेष आग्रह– पासपोर्ट आफैंसँग राख्नुहोस्।
2026-07-14बागमती प्रदेश सरकारको ४९ लाखमा जोरबास डाँडामा पिकनिक स्पोर्ट सम्पन्न ।।।
2026-07-14
मलेसियामा रहेका नेपाली श्रमिकलाई दूतावासको विशेष आग्रह– पासपोर्ट आफैंसँग राख्नुहोस्।
नेपाली श्रमिकलाई दूतावासको आग्रह: पासपोर्ट रोजगारदातालाई नदिनुहोस्, आफैंसँग सुरक्षित राख्नुहोस्
क्वालालम्पुर, असार २९
मलेसियास्थित नेपाली राजदूतावासले मलेसियामा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई आफ्नो राहदानी (पासपोर्ट) सधैं आफैंसँग सुरक्षित राख्न आग्रह गरेको छ।
मंगलबार जारी सूचनामा दूतावासले मलेसियाको कानुन पालना गर्दै राहदानी रोजगारदातालाई नबुझाउन र व्यक्तिगत रूपमा सुरक्षित राख्न अनुरोध गरेको हो। रोजगारदातालाई पनि श्रमिकले आफ्नो राहदानी आफैंसँग राख्न पाउने व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ।
दूतावासका अनुसार कानुनले अनुमति दिएको विशेष अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमतिबाहेक रोजगारदाताले राहदानी आफ्नो नियन्त्रणमा राख्न मिल्दैन।
यदि कुनै नेपालीको राहदानी सहमतिबिना रोजगारदाता वा अन्य पक्षले नियन्त्रणमा राखेको छ भने दूतावासमा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ। यसका लागि WhatsApp +60162472777 वा [email protected] मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।




