मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
मन्थलीमा बिहे गर्छु भनि फकाएर १५ वर्षीय बालिकामाथि बलत्कार, भलुवाजोरका माझी पक्राउ

२२ असार, रामेछाप । विवाह गर्छु भनि ललाई फकाई १५ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझी हुन् । उनलाई मंगलबार सिन्धुली जिल्ला ग्वालटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु ढकालेले जानकारी दिए ।
उनले मन्थली नगरपालिका वडा नं १ बसपार्क स्थित हरि माझीको घरमा सपनी माझीले कृतिका थकाली गेष्ट हाउस संचालन गर्दै आएकोमा सोही गेष्ट हाउसमा ललाई फकाई करणी गरेको अनुसन्धनबाट खुलेको ढकालले बताए ।
माझीले ती बालिकालाई विवाह गर्छु भनि फकाई जबरजस्ती करणी गरी फरार रहेको बताइएको छ ।
पक्राउ परेका माझीलाई जिल्ला अदालत रामेछापबाट म्याद मिलान गरेर अनुसन्धान भैरहेको सूचना अधिकारी ढकालले बताए ।




