मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
काठमाडौंमा दिउँसै चोरी गर्ने रामेछापका दुईसहित ६ जना पक्राउ परेका छन् ।

काठमाडौंमा दिउँसै चोरी गर्ने रामेछापका दुईसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको शैलुङ दोरम्बा गाउँपालिका–४ गौश्वारा स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्दै आएका १९ वर्षीय निरज थापा मगर र गौश्वारा घर भइ हाल काठमाडौं महानगरपालिका–४ बस्दै आएका २० वर्षीय विशाल थापा मगर छन् ।
त्यस्तै बागलुङ नगरपालिका –७ घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्दै आएका ३० वर्षीय सचिन विश्वकर्मा, सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्दै आएका ४७ वर्षीय अमितबहादुर श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका गेर्खु घर भई हाल फर्पिङ बस्ने ४३ वर्षीय बुद्धविर तामाङ रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट चोरी गरेको आरोपमा बुधबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १७ थान विभिन्न कम्पनीका मोबाइल, ३ थान सिक्री, २ थान ब्रासलेट, ७ थान औठी, २ थान लकेट, १ थान सुनको सिक्री, ८९ हजार नगद र २२० सीसीको निलो पल्सर बाइक बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ




