नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।

0Shares

नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र

१२ जेठ मङ्गलबार २०८३

दोलखा जिल्लास्थित थाङ्मी समुदायको प्रतिनिधिमूलक संस्था को सातौँ जिल्ला अधिवेशनको तयारी यतिबेला सदरमुकाम चरिकोटमा तीव्र रूपमा अघि बढिरहेको छ।

समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, पहिचान तथा संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर आयोजना हुन लागेको अधिवेशनलाई ऐतिहासिक, भव्य तथा व्यवस्थित बनाउन आयोजक समिति, विभिन्न उपसमिति, स्वयंसेवक तथा समुदायका अगुवाहरू सक्रिय रूपमा खटिएका छन्।

आयोजक पक्षले “सबैलाई चुले निम्तो छ” भन्दै सम्पूर्ण थाङ्मी बुबाआमा, दाजुभाइ, दिदीबहिनी, युवा तथा शुभेच्छुक महानुभावहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक आग्रह गरेको छ।

हरेक तीन वर्षमा एकपटक आयोजना हुने जिल्ला अधिवेशन समुदायको साझा भविष्य, नेतृत्व विकास, संगठन विस्तार तथा सामूहिक एकताको महत्वपूर्ण अवसर भएकाले आफ्नो अमूल्य समय व्यवस्थापन गरी कार्यक्रममा सहभागी भई सहयोग र ऐक्यबद्धता जनाइदिन आयोजकले अनुरोध गरेको छ।

सदरमुकाम चरिकोटमा आयोजना हुने उक्त अधिवेशनमा जिल्लाका विभिन्न क्षेत्रबाट उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ भने कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण समुदाय एकजुट भएर अघि बढिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *