मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा कुनै पनि प्रकारको दायाँबायाँ प्रयास भए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै उनले यस्तो बताएका हुन्।
राईले जात, धर्म, भूगोल र लिङ्गका आधारमा विभाजित नेपालीलाई एकताको सूत्रमा बाँध्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि उल्लेख गरे। साथै, मधेसबाट प्रतिनिधित्व हुने गरी ठाकुरलाई उम्मेदवार बनाइएको जानकारी दिए।




