ओली पक्राउ: मध्यरातको निर्णयपछि बिहानै निवासबाट नियन्त्रणमा

0Shares

१४ चैत्र २०८२, शनिबार

ओली पक्राउ: मध्यरातको निर्णयपछि बिहानै निवासबाट नियन्त्रणमा

भक्तपुर। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पक्राउ परेका छन्।

प्रहरीले उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएको हो। एसएसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरी टोली मध्यरातदेखि नै ओली निवास वरपर तैनाथ रहेको थियो।

प्रहरी स्रोतका अनुसार पक्राउ गर्न टोली पुग्दा ओली निद्रामा रहेका थिए। त्यसपछि बिहान उठेलगत्तै उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउपछि ओलीलाई महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठानमा राखिने र थप कानुनी प्रक्रिया आइतबार अघि बढाइने जनाइएको छ।

यसअघि नक्सालस्थित प्रहरी महानिरीक्षक (आईजीपी) निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको उच्चस्तरीय छलफलपछि गृह मन्त्रालयले ओलीलाई पक्राउ गर्न लिखित निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार प्रहरी परिचालन गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *