मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
मलेसियामा २५७०औं बुद्ध जयन्ती मनाउन आयोजक समिति गठन ।।।
मलेसियामा २५७०औं बुद्ध जयन्ती मनाउन आयोजक समिति गठन
९ मार्च २०२६
मलेसिया । मलेसियामा रहेका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको छलफलपछि २५७०औं बुद्ध जयन्ती कार्यक्रम मनाउन आयोजक समिति गठन गरिएको छ।
८ मार्च २०२६ मा सम्पन्न बैठकले बुद्ध जयन्ती भव्य रूपमा मनाउने उद्देश्यसहित कार्यक्रम आयोजक समिति गठन गर्ने तथा नेपाल राजदूतावाससँग सहकार्य गर्ने निर्णय गरेको हो।
बैठकले इन्द्र नारायण लिम्बुलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएको छ। समितिमा विपिन राई, पद्मराज लिम्बु, विनोद थापा, नेत्र केसी, टिकराम अधिकारी, बालचन्द्र लिम्बु लगायत मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सदस्य रहने निर्णय गरिएको छ।
यसैगरी पूजा व्यवस्थापन समितिको जिम्मेवारी नेपाल तामाङ घेदुङ र शेर्पा संघ मलेसियालाई दिइएको छ भने आर्थिक समितिको संयोजकमा शिव थापा र सदस्यमा एलबि मगर रहने तय गरिएको छ। कार्यक्रम स्वयंसेवक संयोजकमा दील कुमार केरुङलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै कार्यक्रमको प्रचार–प्रसारका लागि सविनकुमार लोचन, आर्यन चौधरी, राजेन्द्र घिमिरे, पल ठान्टी थाङ्मी, इन्द्रु बस्नेत क्षेत्री, रूप थाङ्देल बिन्दु लामिछाने, सुमन विक, भिम बहार र दिल कुमार मगर लगायतलाई जिम्मेवारी तोकिएको छ।
बैठकले बुद्ध जयन्ती कार्यक्रम सफल बनाउनका लागि नेपाल राजदूतावाससँग सहकार्य तथा परामर्शका लागि दूतावासमा भेटघाट गर्ने निर्णयसमेत गरेको जनाएको छ।
बैठकमा नेत्र केसी, इन्द्रनारायण लिम्बु, पल ठान्टी थामी, सविनकुमार लोप्चन, राजेन्द्र घिमिरे, हिरालाल दयाल, शिव थापा, L.B मगर, नावाङनुरि, फुर्वा शेर्पा, दील कुमार केरुङ, प्रकाश चौधरी, दिल कुमार मगर, पद्मराज लिम्बु, रूप थाइदेन, इन्द्रु बस्नेत क्षेत्री र विपिन राई लगायतको उपस्थिति रहेको थियो।





