लगातारको चुनावी हारपछि रवीन्द्र मिश्र सक्रिय राजनीतिबाट अलग

0Shares

२३ फाल्गुन २०८२, शनिबार

लगातारको चुनावी हारपछि रवीन्द्र मिश्र सक्रिय राजनीतिबाट अलग

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्।

काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत तत्कालका लागि राजनीतिबाट बिदा लिएको जानकारी दिएका हुन्।

यसअघि पनि २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका मिश्र पराजित भएका थिए। लगातारको चुनावी असफलतापछि उनले केही समय सक्रिय राजनीतिबाट टाढिने निर्णय लिएको बताएका छन्।

पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहँदा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको जनमतलाई अपेक्षाअनुसार संगठित गर्न नसक्नु आफ्नो कमजोरी भएको उनले स्वीकार गरेका छन्।

देशको बदलिँदो भूराजनीति र आन्तरिक राजनीतिक अवस्थालाई उल्लेख गर्दै मिश्रले अबको आफ्नो यात्रा केही समय गैरदलीय रहने संकेत दिएका छन्। यद्यपि राजसंस्था पुनर्स्थापना र सुशासनका मुद्दामा भने आफू अडिग रहने उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *