भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
मुस्ताङबाट कांग्रेसको खाता खुल्यो, योगेश गौचन विजयी
२२ फाल्गुन २०८२, शुक्रबार
मुस्ताङबाट कांग्रेसको खाता खुल्यो, योगेश गौचन विजयी
मुस्ताङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ।
कांग्रेसका उम्मेदवार योगेश गौचन ३ हजार ३ सय ७ मत प्राप्त गर्दै विजयी भएका हुन्।
गौचन यसअघि पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। मुस्ताङबाट प्राप्त यो परिणामसँगै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पहिलो जित दर्ता गरेको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न भएपछि गौचनलाई औपचारिक रूपमा विजयी घोषणा गरिएको छ।





