करिब ३ सय मत खसेपछि विवाद, हवाई फायरपछि रोकिएको मालुको मतदान पुनः सुचारु

0Shares

करिब ३ सय मत खसेपछि विवाद, हवाई फायरपछि रोकिएको मालुको मतदान पुनः सुचारु

२१ फाल्गुन २०८२, बिहीबार

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा केहीबेर रोकिएको मतदान पुनः सुचारु भएको छ।

मतदान केन्द्रमा करिब तीन सय मत खसेपछि विवाद उत्पन्न भएपछि मतदान केही समयका लागि स्थगित भएको थियो। विवादका क्रममा उत्तेजित भीडले निर्वाचन कर्मचारीमाथि हातपात गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका थिए।

हवाई फायरपछि त्रसित बनेका मतदाता तितरबितर हुँदा मतदान प्रक्रिया बीचैमा रोकिएको थियो। पछि सुरक्षा व्यवस्था कडा पार्दै स्थिति नियन्त्रणमा आएपछि मतदान पुनः सुरु गरिएको मतदान अधिकृत ज्ञानकुमार खड्काले जानकारी दिएका छन्।

मतदान पुनः सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गर्दै तितरबितर भएका मतदातालाई मतदान केन्द्रमा फर्किन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *