काठमाडौं । निर्वाचन आयोगले बालेन शाहले हेलिकोप्टर प्रयोगका लागि अनुमति लिएको स्पष्ट पारेको छ।

0Shares

काठमाडौं । निर्वाचन आयोगले बालेन शाहले हेलिकोप्टर प्रयोगका लागि अनुमति लिएको स्पष्ट पारेको छ।

बिहीबार काठमाडौंमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान हेलिकोप्टर चढेका शाह सवार हेलिकोप्टर बीच बाटोबाटै काठमाडौं फर्किएको विषयले सामाजिक सञ्जाल र सञ्चार माध्यममा विभिन्न अड्कलबाजी सुरु भएपछि आयोगले यस्तो स्पष्टिकरण दिएको हो।

निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार शाहले हेलिकोप्टर उडाउन आवश्यक अनुमति लिएका थिए।

‘अनुमति नलिई उडान भरेको भन्ने कुरा हल्ला मात्र हो,’ पुनले भनिन्, ‘बालेन जी बुधबार नै आयोगमा आएर हेलिकोप्टर प्रयोगका लागि अनुमति लिनुभएको थियो।’

आयोगका अनुसार फागुन २१ गतेका लागि काठमाडौं–झापा रुटमा हेलिकोप्टर प्रयोग गर्न अनुमति दिइएको थियो। साथै हेलिकोप्टर प्रयोग गर्दा लाग्ने सम्पूर्ण खर्चको छुट्टै अभिलेख राख्नुपर्ने र आयोगले माग गरेमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको पनि आयोगले जनाएको छ।

यद्यपि, शाह सवार हेलिकोप्टर किन बीच बाटोबाटै काठमाडौं फर्कियो भन्नेबारे आधिकारिक कारण भने खुल्न बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *