मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
एमाले दोलखाको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्ण पाठ)
एमाले दोलखाको चुनावी घोषणा–पत्र सार्वजनिक (पूर्ण पाठ)
मिति: २०८२ फागुन ११ गते
Thangmichagu.com
#दोलखा_विकासमा
#नेकपा_एमालेका_योगदान
दोलखामा, एमालेले गरेको छ – अझ धेरै गर्नेछ।
प्रकाशक: , दोलखा
दोलखा जिल्लावासी आदरणीय जनसमुदायमा हार्दिक अभिवादन !
पञ्चायती प्रतिबन्धका बेला दोलखाली जनताले घर–घरमा एमालेका नेता तथा कार्यकर्तालाई संरक्षण दिनुभयो। भूमिगत सङ्घर्षमा लागेका नेताहरुलाई जोगाउनुभयो। त्यसै जनसमर्थनको बलमा लोकतन्त्र स्थापनामा एमालेको ऐतिहासिक भूमिका स्थापित भयो।
प्रजातन्त्रको पुनर्स्थापना पश्चात् सूर्य चिन्हमा निरन्तर विश्वास प्रकट गर्दै दोलखाली जनताले एमालेलाई नेतृत्व गर्ने अवसर दिनुभयो। त्यसैले हामी भन्छौं—
दोलखामा, एमालेले गरेको छ – अझ धेरै गर्नेछ।
समृद्ध नेपाल, सुखी नेपाली
२०७४ सालको निर्वाचित सरकारमार्फत अघि सारिएको “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय आकाङ्क्षालाई मार्गदर्शन मानेर दोलखामा सडक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सञ्चार क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन्।
दोलखा रूपान्तरणका चरणहरू
- पञ्चायतकालीन भूमिगत राजनीति र सामाजिक चेतनाको उदय
- २०५१ सालको मनमोहन सरकारद्वारा “आफ्नो गाउँ आफै बनाऊँ” कार्यक्रम
- २०५४ पछि जिल्ला विकास समितिको “जलशक्ति, पर्यटन, वन र कृषि बाली” मार्गचित्र
- २०७४ पछि तहगत सरकारमार्फत समृद्धिको नयाँ आधार
प्रमुख उपलब्धिहरू
१. यातायात पूर्वाधार
- ८० किमी पक्की सडकबाट विस्तार भई २००+ किमी पक्की र २००० किमी कच्ची सडक
- लामोसाँघु–जिरी सडक स्तरोन्नति
- चरिकोट–सिंगटी, सुनखानी–साङ्वा लगायत सडक कालोपत्रे
- लामाबगर–लप्ची सडक राष्ट्रिय प्राथमिकतामा
- उत्तर–दक्षिण व्यापारिक मार्गमा विशेष पहल (माननीय पार्वत गुरुङ मन्त्रीकाल)
२. जलविद्युत विकास
- ४५६ मेगावाटको सम्पन्न
- थप २५० मेगावाट राष्ट्रिय प्रशारणमा योगदान
- तामाकोशी पाँचौं र रोल्वालिङ आयोजना निर्माणाधीन
- ९५% घरधुरीमा राष्ट्रिय ग्रिड विद्युत पहुँच
३. स्वास्थ्य सेवा विस्तार
- पशुपति चौलागाईं स्मृति अस्पताल स्तरोन्नति
- जिरी अस्पताल सुधार
- ६० स्वास्थ्य चौकी, ४०+ प्रयोगशाला
- ५०+ एम्बुलेन्स सेवा
- “विद्यालय नर्स कार्यक्रम” कार्यान्वयन
४. शिक्षा विकास
- गौरिशंकर क्याम्पस स्नातकोत्तर तहसम्म विस्तार
- ९ उच्च शिक्षा कलेज
- ५१ सामुदायिक मावि
- ८०+ भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण
५. सञ्चार क्षेत्रमा फड्को
- डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन
- दुर्गम क्षेत्रमा फाइबर इन्टरनेट विस्तार
- १० एफएम रेडियो स्टेशन स्थापना
६. पर्यटन प्रवर्द्धन
- कालिञ्चोक, सैलुङ ग्रेटवाल, दोलखा भीमेश्वर क्षेत्र पुनर्निर्माण
- “एक सय पर्यटकीय गन्तव्य कार्यक्रम” अन्तर्गत पूर्वाधार विकास
- वार्षिक १० लाखभन्दा बढी आगन्तुक आगमन
७. कृषि, सहकारी र उद्योग
- १५०+ कृषि सहकारी
- दोलखा दुग्ध उद्योग लिमिटेड स्थापना
- ८०% सिंचाइ सुविधा विस्तार
- “एक पालिका – एक औद्योगिक ग्राम” अवधारणा
आगामी प्रतिबद्धता
- उत्तर–दक्षिण कोरिडोर र सुख्खा बन्दरगाह निर्माण
- ७५० मेगावाट तामाकोशी तेस्रो आयोजना
- १०० मेगावाट सोलार प्रोजेक्ट
- हिमालयन विश्वविद्यालय परिकल्पना
- एकीकृत पर्यटन गुरुयोजना
- २०० वेड क्षमताको आधुनिक अस्पताल
- रेडपाण्डा जोन विकास
- अल्पसंख्यक जाति (जिरेल, सुरेल, थामी) उत्थान कार्यक्रम
हाम्रो संकल्प
समृद्ध दोलखा, सुखी दोलखाली।
सुनिश्चित भविष्य, सूर्यमा भोट हाली।
नेकपा एमाले परिकल्पनाकार मात्र होइन, कार्यान्वयन गर्न सक्ने सक्षम र प्रतिबद्ध पार्टी हो।
यस निर्वाचनमा प्रत्यक्षतर्फ क. पार्वत गुरुङ तथा समानुपातिकतर्फ क. टेक घतानीलाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराऔं।
हार्दिक अभिवादन !
थाङ्मीचागु डटकम





