मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
नेपाल थामी समाज मलेसिया, नेपाली राजदूतावास मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र किरात राई यायोख्या छेत्री समिति जोहोरको सहकार्यमा तारा बहादुर थामी स्वदेश फिर्ता ।
नेपाल थामी समाज मलेसिया, नेपाली राजदूतावास मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र किरात राई यायोख्या छेत्री समिति जोहोरको सहकार्यमा तारा बहादुर थामी स्वदेश फिर्ता ।
(७ फेब्रुअरी २०२६)
क्वालालम्पुर । मानवीय दायित्व, सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्दै बागमती प्रदेश, दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ थाङ्मिचागु निवासी तारा बहादुर थामी मलेसियाको बाट सुरक्षित रूपमा स्वदेश नेपाल फर्किँदै हुनुहुन्छ।
नेपाल थामी समाज मलेसिया, नेपाली राजदूतावास मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया तथा किरात राई यायोख्या छेत्री समिति जोहोरकी कोषाध्यक्ष देबिका राई (बिनु) ज्यूको समन्वय तथा सहजीकरणमा आज ७ फेब्रुअरी २०२६ मा उहाँको उद्धार तथा स्वदेश फिर्ती सम्भव भएको हो।
यस क्रममा देबिका राई (बिनु) ज्यूले एक थान लगेज स्पोन्सर गरेर उल्लेखनीय मानवीय सहयोग प्रदान गर्नुभएको थियो।
उहा https://www.etc.cleaning.com कार्यरत हुनुहुन्थ्यो करिब ६–७ महिनादेखि गम्भीर बिरामी र जोखिमपूर्ण अवस्थामा संघर्षरत जीवन बिताइरहनुभएका थियो उक्त कम्पनीले श्रमिक नेपाली कामदारहरूलाई व्यवस्था गर्ने र बिरामी परेको श्रमिकलाई उपचार समेत नगर्ने कम्पनी रहेछ भने श्रमिकहरूको आवास पनि अस्तव्यस्त भेडा बाख्रा जस्तै राख्ँदो रहेछ। र कम्पनीलाई एम्बेसीले तत्काल एक्सन गरेर नेपाली श्रमिकहरूलाई सुरक्षित बसाइ र बिरामी परेको बेला उपचार गर्ने व्यवस्था गराउनुको लागि नेपाल थामी समाज मलेसिया हार्दिक अनुरोध गर्दछु र तारा बहादुर थामीलाई मानवीय भावना र सामाजिक उत्तरदायित्वका साथ उद्धार गरी स्वदेश पठाउन सफल हुनु सम्पूर्ण थामी समुदाय तथा नेपाली समाजका लागि गर्वको विषय बनेको छ।
यस मानवीय अभियानमा नेपाली राजदूतावास मलेसियाको सक्रिय भूमिका, नेपाल थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्टी थाङ्मी ज्यूको नेतृत्व, तथा समाजसेवी संयोजक एवं केएल इन्चार्ज श्री पल ठान्टी थाङ्मीद्वारा ६ दिनसम्म गरिएको खाना–बसोबास व्यवस्थापनसहितको विशेष पहल अत्यन्तै प्रशंसनीय रहेको छ।
यसैक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बु ज्यूलाई नेपाल थामी समाज मलेसियाको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ। साथै, यो अभियान सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, अभियन्ता, समाजसेवी तथा सहयोगी हातहरूप्रति नेपाल थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्टी थाङ्मी ज्यूले हार्दिक आभार व्यक्त गर्नुभएको छ।
एकता, सहकार्य र संवेदनशीलताको उदाहरण प्रस्तुत गर्दै यो मानवीय कार्यले संकटमा परेका नेपालीहरूका लागि समाज र संस्थाहरू सधैं साथमा छन् भन्ने सन्देश प्रवाह गरेको छ।
तारा बहादुर थामी आज बेलुका ६:१५ बजे हिमालय एयरलाइन्सको विमानमार्फत मलेसियाबाट नेपाल प्रस्थान गर्नुहुनेछ।
थाङ्मीचागु डटकम





