नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कुर्दिस्तान–इराकको एर्बिलमा सोनाम ल्होछार तथा ग्याल्पो लोसार २०२६ भव्य रूपमा मनाइँदै
कुर्दिस्तान–इराकको एर्बिलमा सोनाम ल्होछार तथा ग्याल्पो लोसार २०२६ भव्य रूपमा मनाइँदै
थाङमिचागु डटकम संवाददाता

कुर्दिस्तान–इराकको एर्बिलमा सोनाम ल्होछार तथा ग्याल्पो लोसार २०२६ संयुक्त सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुँदै
एर्बिल (कुर्दिस्तान), इराक।
गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजको आयोजनामा मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग) को पावन अवसरमा “सोनाम ल्होछार तथा ग्याल्पो लोसार २०२६” संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
आगामी फेब्रुअरी ६, २०२६ (शुक्रबार) एर्बिलस्थित नवरोज हलमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम तामाङ तथा शेर्पा समुदायको मौलिक कला, संस्कृति र पहिचानको संरक्षण तथा इराक–कुर्दिस्तानमा बसोबास गर्ने नेपालीहरूबीच आपसी एकता, सद्भाव र भाइचारा बलियो बनाउने उद्देश्य राखिएको छ।
गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजका अध्यक्ष श्री मेघराज लामाज्यूले कार्यक्रमले नेपाली समुदायबीच सांस्कृतिक चेतना बढाउने र सामाजिक सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा चर्चित सेलो गायक प्रदीप लामा तामाङको सांस्कृतिक प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूले विविध मौलिक नृत्य, सांस्कृतिक झाँकी तथा प्रस्तुति मार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै, आपसी भेटघाट, शुभकामना आदान–प्रदान र समुदायबीच सम्बन्ध विस्तार गर्ने अवसर पनि रहनेछ।
आयोजक संस्थाले इराक–कुर्दिस्तानमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यस ऐतिहासिक सोनाम ल्होछार तथा ग्याल्बो लोसार संयुक्त संस्कृति कार्यक्रमलाई भव्य र सभ्यताका साथ सफल बनाउनका निम्ति हार्दिक अनुरोध गरेको छ।





