नेपाल थामी समाज मलेसियाद्वारा श्री कालीञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुलाई खेलकुद सामग्री सहयोग।।।

0Shares

नेपाल थामी समाज मलेसियाद्वारा श्री कालीञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुलाई खेलकुद सामग्री सहयोग


दोलखा, १६ माघ २०८२ – बालबालिकाको खेलकुद र सर्वाङ्गीण विकासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल थामी समाज मलेसियाको आर्थिक सहयोगमा श्री कालीञ्चोक माध्यमिक विद्यालय, थाङ्मीचागुमा आवश्यक खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।


देविटार माध्यमिक विद्यालयमा आयोजना हुने छात्रा भलिबल प्रतियोगिता र हाजिरी–जवाफ प्रतियोगितामा सहभागिता जनाउनका लागि आवश्यक जर्सी, ट्र्याक सेट, जुत्ता, क्याप लगायतका सामग्री नेपाल थामी समाज, बिगु गाउँपालिका–८, खोपाचागु वडा कमिटी मार्फत विद्यालय परिवारलाई प्रदान गरिएको हो।


सामग्री हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम ठान्टी थाङ्मीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बिगु गाउँपालिका–८ का वडाध्यक्ष हिरा धनवीर थाङ्मी प्रमुख अतिथिको रूपमा उपस्थित थिए।


कार्यक्रममा नेपाल थामी समाज, बिगु–८ का उपाध्यक्ष नरबहादुर थाङ्मी, सचिव सरिता थाङ्मी, कोषाध्यक्ष लालमति थाङ्मी, सदस्यहरू उर्मिला थाङ्मी र जसु थाङ्मीसहित स्थानीय समुदायको पनि उल्लेख्य सहभागिता रहेको थियो।


विद्यालयका प्रधानाध्यापक सुन्दरप्रकाश पाण्डेले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुद र अतिरिक्त क्रियाकलापको महत्व औँल्याउँदै नेपाल थामी समाज मलेसिया र वडा कमिटी प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

Oplus_131072


यस अवसरमा विद्यालयका शिक्षक, अभिभावक र स्थानीयवासीले पनि आ-आफ्नो तर्फबाट आभार व्यक्त गर्दै सहयोगको महत्व र सकारात्मक प्रभावको प्रशंसा गरे। विशेषगरी शिक्षक तथा अभिभावक संघकी अध्यक्ष सरिता थामीले प्रवासी थामी समुदायको सहयोगले विद्यालयका बालबालिकाको भौतिक, खेलकुद र बौद्धिक विकासमा अतुलनीय योगदान पुर्‍याएको भन्दै नेपाल थामी समाज मलेसियालाई धन्यवाद दिएकी छिन्।

Oplus_131072


सहभागीहरूले प्रवासी थामी समुदायको योगदानले सिर्फ थाङ्मी समुदायका बालबालिकाले अध्ययन गर्ने दुर्गम विद्यालयको शैक्षिक र खेलकुद विकासमा सकारात्मक सन्देश दिएको बताएका छन्।


नेपाल थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्टी थाङ्मीले थाङ्मीचागु डटकमसँग कुरा गर्दै भन्नुभयो, “यो कार्यक्रम सफल बनाउन उपाध्यक्ष सुजन थामी, कोषाध्यक्ष नीरबहादुर थामी, समाजसेवी संयोजक पल ठान्टी थाङ्मी (क्वालालम्पुर इन्चार्ज) सचिव मे हाङ्ग ठान्टी लगायत अन्य पदाधिकारीहरूले विशेष भूमिका निभाउनुभएको छ। म व्यक्तिगत र संस्थाको तर्फबाट उनीहरू सबैलाई धन्यवाद दिन चाहन्छु।”


श्री कालीञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागु पूर्ण रूपमा थाङ्मी समुदायका बालबालिकाका लागि सञ्चालन हुने दुर्गम र विकट विद्यालय हो, जहाँ अन्य समुदायका विद्यार्थीहरू अध्ययन गर्दैनन्।


नेपाल थामी समाज मलेसियाको निरन्तर सहयोगले ग्रामीण थाङ्मी समुदायमा शिक्षा, खेलकुद र सामुदायिक विकासमा ठूलो सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *