नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
जेन्जी दोलखाद्वारा सरकारी सवारी दुरुपयोग रोक्न बुजायो ज्ञापन पत्र
जेन्जी दोलखाद्वारा सरकारी सवारी दुरुपयोग रोक्न बुजायो ज्ञापन पत्र
थाङमिचागु डटकम संवाददाता

असोज २०८२ — जिल्लामा सरकारी सवारी साधनको दुरुपयोग रोक्न माग गर्दै जेन्जी दोलखाले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दहाल समक्ष सो ज्ञापन पत्र बुझाइएको हो।
ज्ञापन पत्रमा सरकारी सवारी साधनहरू व्यक्तिगत, पारिवारिक तथा राजनीतिक प्रयोजनमा प्रयोग भइरहेकाे उल्लेख गर्दै तत्काल दुरुपयोग रोक्न आग्रह गरिएको छ। साथै यस्ता कार्यलाई नियन्त्रण गर्न नागरिक स्तरमै निगरानी प्रणाली स्थापना गर्नुपर्ने माग पनि राखिएको छ।
जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहबाट समेत सवारी साधनको व्यापक दुरुपयोग भइरहेको तथ्य उल्लेख गर्दै, यसलाई रोक्न आवश्यक पहल गर्न जेन्जी दोलखाले ज्ञापन पत्र बुझाएको जनाएको छ।
जेन्जीका युवाहरू आगामी दिनमा यस्ता कार्यमा सूक्ष्म निगरानी राख्दै सवारी साधन दुरुपयोगविरुद्ध सचेतना फैलाउने योजना बनाइरहेका छन्।





