राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
गृहमन्त्रीको चेतावनी यो क्रान्तिपछि बनेको सरकार हो हेक्का रहोस्
गृहमन्त्रीको चेतावनी यो क्रान्तिपछि बनेको सरकार हो हेक्का रहोस्
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । सरकारले असंवैधानिक बाटो अपनाएको भन्दै आलोचना गरिरहेका विपक्षी दलहरूलाई गृहमन्त्रीले कडा प्रतिक्रिया दिएका छन्।
गृहमन्त्रीले बुधबार पत्रकारहरूसँग कुरा गर्दै भने
“सरकारलाई असंवैधानिक भन्नेहरू नै अहिले डुक्रिन थालेका छन्। क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन्।
यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्।”
उनका अनुसार वर्तमान सरकारले जनआन्दोलन र परिवर्तनको जगमा आधारित राजनीतिक निरन्तरताको प्रतिनिधित्व गर्छ,
र त्यसको वैधता माथि प्रश्न उठाउनेहरू स्वयं परिवर्तनका विरोधी हुन्।
गृहमन्त्रीको उक्त अभिव्यक्तिलाई सत्तापक्षीय नेताहरूले “दृढ नेतृत्वको संकेत”का रूपमा लिएका छन् भने
विपक्षी दलहरूले भने “लोकतान्त्रिक मर्यादामाथि प्रहार” भन्दै आपत्ति जनाएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यो बयानले आगामी दिनमा सत्ता–विपक्षबीचको सम्बन्ध अझ तिक्त बन्न सक्ने संकेत देखाएको छ।




