मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
Monday, May 25, 2026
दोलखाको बिगुमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते
दोलखाको बिगुमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते
थाङमिचागु डटकम संवाददाता

भदौ ३१, दोलखा ।
दोलखा जिल्लाको बिगु गाउँपालिका–६, शेर्पा आलम्पुमा मंगलबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्र्याक्टर बिहान करिब ११ बजे ढुंगाखानीतर्फ जाँदै गर्दा अनियन्त्रित भई करिब १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी, ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पल ब. थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल उपचारका लागि सिंगटी पठाइएको छ।





