राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
दुई कार्यकालका सचिव छबिलाल गिरिको योगदानको सम्मान गर्दै जोहोरमा बिदाई ।।।
दुई कार्यकालका सचिव छबिलाल गिरिको योगदानको सम्मान गर्दै जोहोरमा बिदाई
२०८२ भदौ २३, सोमबार | थाङ्मीचागु डटकम
जोहोर (मलेसिया) ।
गैर–आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरले लामो समयदेखि मलेसियामा सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएका निवर्तमान सचिव छबिलाल गिरिलाई ०७ सेप्टेम्बर २०२५, आइतबार विशेष कार्यक्रममार्फत
करिब दुई दशकदेखि मलेसियामा बस्दै आएका गिरि सन् २०१७ बाट समितिमा आबद्ध भई सदस्य, युवा संयोजक हुँदै दुई कार्यकालसम्म सचिवको जिम्मेवारी सम्हालेका थिए। समितिलाई श्रमिकमैत्री बनाउन र संस्थालाई सबल बनाउन उनले महत्वपूर्ण योगदान दिएको सहकर्मीहरूले स्मरण गरेका छन्।
विदाई कार्यक्रममा समितिका अध्यक्ष वेदना श्रेष्ठको सभापतित्वमा NRNA NCC मलेसियाका वरिष्ठ उपाध्यक्ष नारायण अधिकारी, समाजसेवी सपना गुरुङ, संरक्षक मिमबहादुर गुरुङ, व्यवसायी हरीबहादुर बस्नेतलगायत अतिथिहरूको उपस्थिति थियो।
वक्ताहरूले गिरिको योगदानको प्रशंसा गर्दै आगामी जीवन यात्रामा सफलता कामना गरेका थिए। कार्यक्रममा समितिले उनलाई मायाको चिनो प्रदान गरेको थियो।
धन्यवाद ज्ञापन गर्दै गिरिले सहकर्मीहरूको निरन्तर सहयोगकै कारण संस्था आजको स्तरमा पुगेको बताए। साथै, आफू स्वदेश फर्किए पनि संस्था र प्रवासी नेपाली समुदायलाई आवश्यक परे निरन्तर साथ र योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।।




