बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन आगामी १४ सेप्टेम्बरमा सम्पन्न हुने
हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन आगामी १४ सेप्टेम्बरमा सम्पन्न हुने
मिति : २०८२ भाद्र २१, शनिबार (६ सेप्टेम्बर २०२५)
थाङ्मीचागु डटकम
क्वालालम्पुर । हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आगामी १४ सेप्टेम्बर २०२५, आइतबार भव्य रूपमा आयोजना गर्ने भएको छ।
कार्यक्रम राजधानी क्वालालम्पुरको WISMA ANN KOAI, Jalan Ampang (नेपाली दूतावास नजिकै) मा सम्पन्न हुनेछ। संस्थाका पदाधिकारीका अनुसार अधिवेशनले समुदायको एकता, सांस्कृतिक संरक्षण र आपसी सहयोग प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
यस अवसरमा नेपाली दूतावास मलेसियाका महामहिम राजदूत डा. नेत्र प्रसाद तिम्सिना प्रमुख अतिथि रहनेछन्। साथै नेपाली तथा मैथिली कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम समेत रहेको छ।
अधिवेशनमा विशेष अतिथि, सम्मान, सांस्कृतिक प्रस्तुति तथा संस्थाका भावी योजनाबारे छलफल गरिने बताइएको छ।





