ओखलढुङ्गा युवा क्लबद्वारा खेलकुद प्रतियोगिता आयोजना हुने

0Shares

मिति : २०८२ भाद्र २२, आइतबार

ओखलढुङ्गा युवा क्लबद्वारा खेलकुद प्रतियोगिता आयोजना हुने

जोहोर, मलेसिया ।
पेकन नानास, जोहोरस्थित ओखलढुङ्गा युवा क्लबले आगामी १४ र १५ सेप्टेम्बर २०२५ मा दुई दिनसम्म खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले जारी गरेको सूचनामा टिम र खेलप्रेमी सबैलाई सहभागी भई प्रतियोगिता सफल बनाउन हार्दिक आह्वान गरिएको छ।

प्रतियोगिता सिराम होटल, पेकन नानास, जोहोर, मलेसियामा हुने जनाइएको छ। विजेताहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने अन्य सान्त्वना पुरस्कारहरू पनि वितरण गरिने क्लबले जनाएको छ।

🏆 पुरस्कार विवरण :

  • प्रथम : नगद RM 2500 + ट्रफी + मेडल
  • द्वितीय : नगद RM 1500 + ट्रफी + मेडल
  • तृतीय : नगद RM 1000 + ट्रफी + मेडल
  • सान्त्वना : पेन, डायरी, सेन्टर, टिफिनबक्स, ब्याग, टिफिन सेट

यसैगरी प्रतियोगितामा सहभागी हुन चाहने प्रत्येक टिमले RM 250 शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

📞 थप जानकारीका लागि सम्पर्क व्यक्तिहरू :

  • अध्यक्ष : मनोज थापामगर (01116584366)
  • सचिव : कमल थापामगर (0143699217)
  • बेल संयोजक : समन थापामगर (0145882541)
  • कोषाध्यक्ष : बाबु थापामगर (01126757611)

क्लबले प्रतियोगितामा सबैको उत्साहपूर्ण सहभागिता रहोस् भन्ने अपेक्षा राखेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *