दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
मलेसियाको जोहोरमा नेपाली महिला श्रमिकको कार्यस्थलमै मृत्यु
मलेसियाको जोहोरमा नेपाली महिला श्रमिकको कार्यस्थलमै मृत्यु
क्वालालम्पुर (मलेसिया): वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको जोहोरमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत नेपाली महिला कामदारको मृत्यु भएको छ।
नेपाल रोल्पा जिल्ला गंगादेव गाउँपालिका–१ ओतकि निवासी मनकला वली शनिबार राति करिब ३ बजे ड्युटीमा रहेकै बेला मेसिन सफा गर्ने क्रममा अचानक बेहोस भई ढलेकी थिइन्। उनलाई तत्काल अस्पताल लगिएको भए पनि बाटोमै मृत्यु भएको रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगरले जानकारी दिनुभयो।
मृतक वलीले दुई वर्षअघि मात्रै रोजगारीका लागि मलेसिया प्रवेश गरेकी थिइन्। घरमा एक छोरा र एक छोरी रहेका उनी श्रीमानसँग सम्बन्धविच्छेद भइसकेको र आर्थिक अवस्था पनि कमजोर रहेको समाजले जनाएको छ।
घटनाबारे मलेसियास्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ। मृतकको शव पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र कम्पनीले शव नेपाल पठाउन आवश्यक पहल थालेको पनि समाजले जनाएको छ।





