राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
फोनिज राष्ट्रिय अवार्ड २०७८ बाट पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङ सम्मानित हुने
फोनिज राष्ट्रिय अवार्ड २०७८ बाट पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङ सम्मानित हुने
क्वालालम्पुर, २०८२ साउन २७ गते (अगस्ट १२, २०२५) – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया समितिको पहलमा पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङलाई २६औँ फोनिज स्थापना दिवसको अवसरमा “फोनिज राष्ट्रिय अवार्ड २०७८” प्रदान गरिने भएको छ।
“समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार” भन्ने नाराका साथ फोनिज मलेसियाले हरेक वर्ष मुलुकभरका सक्रिय पत्रकारहरूको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्दै आएको छ। यस वर्षको अवार्ड काठमाडौंको बालुवाटारस्थित T-21 प्यालेसमा आज दिउँसो ४ बजे आयोजित विशेष समारोहमार्फत प्रदान गरिनेछ।
दुवै सम्मानित पत्रकारहरूले आ–आफ्नो समुदायको हक–अधिकार सम्बन्धी विषयमा समाचार संकलन, आवाज उठाउने र डिजिटल पत्रकारितामार्फत महत्वपूर्ण योगदान दिँदै आएका छन्।
फोनिज मलेसिया समितिले दुवै पत्रकारलाई हार्दिक बधाई दिँदै, पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा उनीहरूको योगदान अझ सशक्त बनोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।




