राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
सुनखानी–साइँबा सडक खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक
सुनखानी–साइँबा सडक खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक
थाङमिचागु डटकम संवाददाता

चरिकोट, दोलखा — लगातारको वर्षापछि सडक क्षति र पहिरोको जोखिम उच्च बनेपछि सुनखानी–साइँबा सडक खण्ड अन्तर्गत गोडुङ छेउको रातोपुल क्षेत्र तथा गुजर्फा लाम्पा खण्डमा ठूला सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
कालिञ्चोक गाउँपालिका–६ का वडाध्यक्ष भरत पाण्डेका अनुसार, पहिरोले सडकमा क्षति पु¥याएकाले ठूला सवारी साधन चलाउँदा गम्भीर दुर्घटनाको जोखिम रहेको र सुरक्षाका कारण अर्को सूचना प्रकाशित नभएसम्म ठूला सवारी साधन बन्द गर्ने निर्णय गरिएको हो।
वडाध्यक्ष पाण्डेले भने, “हालैको अविरल वर्षाले सडकको अवस्था अत्यन्त जोखिमपूर्ण बनेको छ, त्यसैले ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ।”
स्थानीय कार्यालयले सडक क्षेत्रमा जोखिम कायमै रहेकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन तथा आवश्यक नपरेसम्म यात्रा नगर्न अनुरोध गरेको छ।




