मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
बहुविवाह कानुनको मस्यौदाविरुद्ध अनशनरत विनु यादवको स्वास्थ्य अवस्था गम्भीर
बहुविवाह कानुनको मस्यौदाविरुद्ध अनशनरत विनु यादवको स्वास्थ्य अवस्था गम्भीर
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, साउन १९
बहुविवाहसम्बन्धी प्रस्तावित कानुनी मस्यौदाको विरोधमा आमरण अनशनमा बसेकी सामाजिक अभियन्ता विनु यादवको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। अनशनको सातौं दिनसम्म आइपुग्दा उनको रक्तचाप घट्ने, कमजोरी बढ्ने र शारीरिक अशक्तता देखिन थालेको चिकित्सकहरूले जनाएका छन्।
यादवले प्रस्तावित कानुनले महिलाको अस्तित्व, सम्मान र अधिकारमाथि गम्भीर आघात पुर्याउने भन्दै विरोध जनाउँदै आन्दोलित हुँदै आएकी हुन्। उनी हाल काठमाडौंस्थित अनसन स्थलमा उपचार अस्वीकार गर्दै अनशनलाई निरन्तरता दिइरहेकी छिन्।
संगठित रूपमा महिला अधिकारकर्मीहरूले उनको मागलाई समर्थन जनाउँदै सरकारसँग तत्काल वार्ता गरेर मस्यौदामाथि पुनर्विचार गर्न दबाबमूलक अभियान सञ्चालन गरिरहेका छन्।
यादवले भनेकी छन्, “कानुनी मस्यौदा फिर्ता नलिइन्जेलसम्म मेरो अनशन जारी रहनेछ। यो केवल व्यक्तिगत होइन, सम्पूर्ण महिलाको अस्तित्वको सवाल हो।”
यसबीच, सरकार पक्षबाट भने कुनै ठोस प्रतिक्रिया आउन बाँकी नै देखिएको छ।
मुख्य मागहरू:
बहुविवाहसम्बन्धी मस्यौदा फिर्ता लिनु।
महिलामाथि हुने अन्यायपूर्ण कानुनी संरचना हटाउनु।
जनस्तरमा बहस गरी महिला-मैत्री कानुन बनाउन पहल गर्नु।





