मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
जीवनसँग संघर्ष गर्दै दुर्गा थामी ।

जीवनसँग संघर्ष गर्दै दुर्गा थामी ।। ।
सन्तोष ठान्टी थाङ्मी असार २० । जीवनका शुरुवाती समयदेखि गरिबीको भुमरीमा होमिएर गोरेटा अनि घोडेटा बाटाहरू पार गर्दै साहु महाजनको ऋण बोकेर एउटा सुन्दर घरको कल्पना बोकेर लाखौं लाख तिता मिठा क्षणलाई पार गर्दै बैदेशिक रोजगारको शिलशिलामा मलेसिया पुगेका व्यक्ति हुन् दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा नं १ घर भएका दुर्गा बहादुर थामी ।
अत्यन्त दयनिय पारिवारिक स्थिति भएका थामीको जीवनमा नेपालबाट बैदेशिक रोजगारीमा गएको करिब ४५ दिनमै ठूलो बज्रपात भएको सुरुवाती प्रहरमा बजारिएको चट्याङले गर्दा उनको एउटा काट्नु परेको छ ।
अत्यन्त नाजुक पारिवारिक स्थितिका कारण छोराको हात काटिएको पीडाले घरमा चुल्हो बलेको छैन भने अर्कोतिर मलेसियाको अस्पतालमा छट्पटाई रहेका थामीको उपचारमा खर्च अभाबको कारण जीवन मरणको दोसाँधमा बाँच्न विवश थामीलाई सहयोगको ठूलो आवस्यक रहेको हुनाले सेवा नैं धर्म हो भन्ने मान्यताका साथ देश विदेशमा रहेका सम्पूर्ण आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा हार्दिक अपिल गरिएको छ । सहयोगको लागि दोलखाको चरिकोट लक्ष्मी विकाश बैंकको खातामा सहयोग प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
बैंक खाता नम्बर :- (02645012059)
संबंधित बिरामीको मोबाइल नम्बर :- 01174171576
बिरामीको बुबाको मोबाइल नम्बर +977-9845287634?
भिडियो सहित हेर्नुहोला धन्यवाद





