दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
किरात माङ्हिम सानो हातिवनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
किरात माङ्हिम सानो हातिवनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं, साउन १७ –
२०७८ साल श्रावण १७ गते शनिबार, किरात माङ्हिम सानो हातिवन (गोकर्णेश्वर नगरपालिका–४, जगडोल) मा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
किरात समन्वय समितिका संयोजक प्रेम यक्तेनज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाल सरकारका माननीय रक्षा मन्त्री मानबीर राईज्यूले गर्नु भएको थियो।
कार्यक्रममा ८ वटा किरात भित्रका जातीय संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संरक्षण, हरियाली र वातावरणप्रति किरात समुदायको प्रतिबद्धतालाई उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस वृक्षारोपण कार्यक्रममा थामी, राई, लिम्बू, याख्खा, सुनुवार, चुङ्गा, दुम, तथा मेचे समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
वातावरणीय सन्तुलन तथा सांस्कृतिक चिनारीसहित हरियाली अभियानमा किरात समुदायको साझा भूमिका देखाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका विरुवा रोपिएका थिए।
यस अवसरमा बोल्दै प्रमुख अतिथि माननीय राईले भने,
“किरात समुदायको संस्कृति र प्रकृति प्रेम उदाहरणीय छ। यस्तो प्रयासले भावी पुस्ताका लागि हरित वातावरणको जग बसाउनेछ।”
कार्यक्रममा उपस्थित अतिथि, सहभागी जातीय संस्थाका अगुवाहरू, समाजसेवीहरू तथा युवा स्वयंसेवकहरूलाई किरात समन्वय समितिले धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको छ।





