नेपालबाट आएका आदिवासी अगुवा र कलाकारहरूको ऐतिहासिक आगमन – प्रवासभूमिमा गौरवको क्षण

0Shares

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन तथा ३१औं विश्व मूलवासी आदिवासी दिवसको अवसरमा विशेष आगमन

क्वालालम्पुर (मलेसिया), जुलाई ३१, २०२५ थाङ्मीचागु डटकम

नेपाल सरकारका कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यू नेतृत्वको विशेष प्रतिनिधिमण्डललाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) मलेसिया शाखाको चौथो अधिवेशन तथा ३१औं विश्व मूलवासी आदिवासी दिवसको अवसरमा मलेसियामा भव्य स्वागत गरिएको छ।

स्वागतका लागि आयोजित कार्यक्रमका अवसरमा माननीय खापुङसहित प्रदेश प्रथम महिला कमला राई, स्वकीय सचिव देवेन्द्र खापुङ, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख युवराज जिरेल, लोकप्रिय गायक सागर आलेगायिका सुनिता सुब्बाजस्ता विशिष्ट व्यक्तित्वहरू समेत सहभागी टोली मलेसिया आइपुगेका हुन्।

कोलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न स्वागत कार्यक्रममा नेपालका महामहिम राजदूत डा. नेत्र प्रसाद तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, नेपाली बिजनेस सोसाइटी मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु, महासंघका संस्थापक अध्यक्ष सुन्दर आले मगर, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष बिक्रम वाइबा, किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बु, साथै समाजसेवी व्यवसायीहरू बालध्वज लिम्बु, एल. बी. मगरलगायत थुप्रै संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त प्रतिनिधिमण्डलको **आगामी अगस्ट ३ (आईतवार)**का दिन आयोजना हुने महासंघको चौथो राष्ट्रिय अधिवेशन तथा विश्व आदिवासी दिवस–२०२५ विशेष समारोहमा विशेष सहभागिता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *