मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
दोलखामा सुनकोशी नदीमा हामफालेका पुरुषको जीवितै उद्धार
दोलखामा सुनकोशी नदीमा हामफालेका पुरुषको जीवितै उद्धार
थाङमिचागु डटकम संवाददाता

दोलखा, साउन ८ — सुनकोशी नदीमा हामफालेका दोलखाको वैतेश्वर गाउँपालिका–२ का एक पुरुषको जीवितै उद्धार गरिएको छ।
बिहानै सुनकोशी नदीमा हाम फालेका खड्ग बहादुर तामाङलाई स्थानीयवासीले देखेपछि तत्कालनै उद्धार गरि सिन्धुपाल्चोकको खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल पुर्याइएको हो। अहिले उनको उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको अस्पतालका एमडिजिपि डा. देवेन्द्र गौतमले जानकारी दिनुभएको छ।
तामाङ वैतेश्वर–२ स्थायी बासिन्दा भए पनि परिवारसहित काठमाडौँमा बसोबास गर्दै आएका थिए। उनी आजै बिहान काठमाडौँबाट दोलखा आउने क्रममा सुनकोशी नदीमा हाम फालेका हुन्।
उनले नदीमा हाम फाल्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। वैतेश्वर–२ का वडाध्यक्ष श्याम कुमार तामाङले घटनाबारे परिवारजनलाई जानकारी दिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
स्मरणीय छ, सुनकोशी जस्तो गहिरो नदीमा हामफाल्ने घटनाले चिन्ताजनक अवस्था सिर्जना गर्दा पनि स्थानीयको सतर्कताले समयमै उद्धार हुन सकेको हो।





