मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
हाइड्रोपावरको अव्यवस्थित निर्माणले खोलाको दिशा फेरियो, जीवन जोखिममा
हाइड्रोपावरको अव्यवस्थित निर्माणले खोलाको दिशा फेरियो, जीवन जोखिममा
थाङमिचागु डटकम संवाददाता

दोलखा, साउन ४ ।
दोलखा जिल्लाको बिगु गाउँपालिका–८ खोपाचागुस्थित थामीचागु क्षेत्र हाल गम्भीर प्राकृतिक संकटको सामना गर्दैछ। कालिन्चोक हाइड्रोपावरले सुक्खा याममा ढुंगा, माटो खोलामा फालेर गरेको लापरवाहीको परिणामस्वरूप, वर्षायामको थोरै झरीले नै स्थानीय समुदायको बाँच्न पाउने आधार नै हल्लाएको छ।
हाइड्रोपावर कम्पनीले कोलेपाको भिरदेखि कापाङ, तिनतले हुँदै स्याउल सामुदायिक वन क्षेत्रमा पाइपलाइन खन्ने क्रममा खोलाको बहावविरुद्ध ढुंगा-माटो थुपार्दा हाल बाढीको गति र दिशा पूर्ण रूपले परिवर्तन भएको छ। मिति २०८२ साउन ३ गते रातिको भारी वर्षाले सोरुङखोलालाई पुरानो धार छाडेर नयाँ बस्ती नजिकै बहन बाध्य बनाएको छ।
क्षतिः लाखौंको सम्पत्ति बगायो, बस्ती त्रासमा
बाढीका कारण भ्यागुतेटार, ठूलोटार र थम्बुटारमा रहेका १८ घरहरू उच्च जोखिममा परेका छन्। स्थानीय माछा पालन समूहका ६ वटा पोखरी तथा मदन थामीको निजी माछापोखरी पूर्णरूपमा बगाएको छ। त्यसैगरी, मदन थामी, आइतजित थामी, सोभाने थामी, पदम बहादुर थामी र सुकबहादुर थामीको घर जमिन कटानका कारण खतरामा परेका छन्।
“हामीले पटक–पटक हाइड्रोपावरलाई सचेत गराएका थियौँ,” एक स्थानीय बासिन्दा भन्छन्, “तर न हाम्रो आवाज सुन्ने निकाय छ, न हाम्रो पीडालाई बुझ्ने संयन्त्र। अब हाम्रो बाँकी जीवन खोलाको भरोसामा जिउनुपर्ने भएको छ।”





