मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
धनलक्ष्मी इको पार्क वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न
धनलक्ष्मी इको पार्क वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न
थाङमिचागु डटकम संवाददाता

काभ्रे, पाँचखाल – असार २ गते:
पाँचखाल नगरपालिका–२ स्थित लौकिनी घ्याङ्ले सामुदायिक वन क्षेत्रभित्र पर्ने धनलक्ष्मी इको पार्क वरिपरिका खाली जमिनहरूमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले प्याराे हरियो नेपालको पहलमा, सबडिभिजन बन कार्यालय महादेवस्थान पाँचखाल र पाँचखाल वडा नं. २ को समन्वयमा आयोजित उक्त कार्यक्रममा करिब २५० वटा फलफूलका साथै आकर्षक बिरुवाहरू रोपिएको हो।
कार्यक्रममा वडा अध्यक्षज्यू, वडा सदस्यज्यूहरू, प्यारो हरियो नेपालका कर्मचारी, स्थानीय युवा क्लबका पदाधिकारी, सबडिभिजन कार्यालयका कर्मचारी, धनलक्ष्मी खानेपानी उपभोक्ता समितिका सदस्यहरू, अग्रज बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
धनलक्ष्मी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर तामाङले संयुक्त सहभागिता र सहकार्यकै कारण वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको छ।
यस वृक्षारोपण अभियानले सामुदायिक वन क्षेत्रको सौन्दर्य थप्ने मात्र नभई वातावरणीय सन्तुलन कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको भनाइ छ।





