मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
माया प्रीती अथाह प्रेमको कथा बोकेको गीत भिडियो चाँडै सार्वजनिक हुँदै
माया प्रीती अथाह प्रेमको कथा बोकेको गीत भिडियो चाँडै सार्वजनिक हुँदै
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ।
नेपाली संगीत क्षेत्रमा फेरि एक पटक भावनात्मक र गहिरो अर्थ बोकेको प्रेम गीत आउने तयारीमा छ। गायक बिरु घलान र सुमिना लो को सुमधुर स्वरले सजिएको “माया प्रीती” बोलको गीत चाँडै नै सार्वजनिक हुन लागेको हो।
गीतको शब्द सिर्जना चर्चित लेखक तथा गीतकार समतेन मोक्तानले गरेका छन्। नेपाली गीतसंगीतमा सशक्त पहिचान बनाइसकेका मोक्तानले यस गीतमार्फत प्रेम, समर्पण र सम्बन्धको गहिरो अनुभूति व्यक्त गरेका छन्।
उक्त गीतको म्युजिक भिडियो पनि समतेन मोक्तानकै युट्युब च्यानल Samten Moktan बाट सार्वजनिक गरिनेछ। भिडियोमा कोरियोग्राफर तथा मोडल आशिष लामा र सञ्जना गुरुङ ले अभिनय गरेका छन्। उनीहरूले प्रेममा हुने गहिरा भावनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।
“माया प्रीती” गीतले विशेषगरी युवा पुस्ताको प्रेम भावना र समर्पणलाई चित्रण गर्ने उद्देश्य राखेको छ। भिडियोको छायांकन, निर्देशन र सम्पादन सबै पक्षमा उत्कृष्टता दिने प्रयास गरिएको छ। निर्माण टिमको विश्वास अनुसार, यो गीतले नेपाली प्रेमगीतको श्रव्य–दृश्य संसारमा नयाँ स्वाद थप्नेछ।
गीत चाँडै नै सार्वजनिक हुने भएकाले दर्शक–श्रोता बीच उत्साह थपिएको छ।





