राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
ताप्लेजुङको सिदिङबामा पहिरो पाँच जना घाइते, एक गम्भीर
ताप्लेजुङको सिदिङबामा पहिरो पाँच जना घाइते, एक गम्भीर
थाङमिचागु डटकम संवाददाता

ताप्लेजुङ, असार १८ गते, बुधबार
ताप्लेजुङ जिल्लाको सिदिङबा गाउँपालिका–६, आङखोपमा गएराति परेको अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा पाँच जना घाइते, एक जनाको अवस्था गम्भीर रहेको छ।
स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। उनको घटनास्थलमै पुगेका स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको वडाध्यक्ष रत्न बहादुर खत्रीले जानकारी दिनुभयो। अन्य चार जनाको अवस्था सामान्य रहेको बताइएको छ।
वडाध्यक्ष खत्रीका अनुसार,
“गएराति करिब १ बजेको समयमा कुलोमा बगेको पानी थुनिँदा खेत हुँदै घरमाथिबाट ठूलो पहिरो खस्दा घर एकैचोटि पुरिएको थियो।”
उक्त घटनामा घाइते हुनेहरूमा
घरधनी हस्तबहादुर कटुवाल,
उनका छोरा जगत कटुवाल,
बुहारी सरस्वती कटुवाल,
छोरी सम्झना कटुवाल रहेका छन्।
छोरा र बुहारी घर छेउको मतानमा सुतेको अवस्थामा रहेकाले उनीहरूले घटनापछि आमाबुबाको तत्काल उद्धार गरेका थिए।
स्थानीय प्रशासन र वडाकार्यालयको पहलमा उद्धार तथा राहत प्रक्रिया अगाडि बढाइएको छ। अहिले घटनास्थलमा प्रहरी, स्थानीयवासी र स्वास्थ्यकर्मीहरूको टोली सक्रिय रहेको स्रोतले जनाएको छ।




