पाँचखालमा मौरीपालकलाई मौरी घर गोला अनुदान वितरण

0Shares

पाँचखालमा मौरीपालकलाई मौरी घर गोला अनुदान वितरण

थाङमिचागु डटकम संवाददाता

काभ्रेपलाञ्चोक, असार १७ गते

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले “मौरी घर गोला” अनुदान वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

पाँचखाल नगरपालिका वडा नं. १३ का अध्यक्ष सुक्बिर लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय मौरीपालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वडा अध्यक्ष लामाका अनुसार, “यस कार्यक्रममार्फत स्थानीय उत्पादनमा वृद्धि, आम्दानीको स्रोत विस्ताररोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको हो।”
उहाँका अनुसार नगरपालिकाले कृषि र पशुपालनसँग सम्बन्धित अन्य कार्यक्रमहरू पनि आगामी दिनहरूमा निरन्तर रूपमा अगाडि बढाउँदै जानेछ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष लामाको नेतृत्वमा भइरहेका विकासमूलक कार्यहरूको प्रशंसा गर्दै उहाँप्रति कृतज्ञता प्रकट गरेका थिए। उनीहरूले आगामी दिनहरूमा अझ प्रभावकारी योजनाहरू कार्यान्वयन होस् भन्ने शुभकामना पनि व्यक्त गरे।

उक्त कार्यक्रममा मौरीपालकहरूलाई मौरी गोला, आवश्यक उपकरण तथा गोठ निर्माणका लागि आवश्यक सामग्रीहरू वितरण गरिएको हो।

पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक
माया स्याङतानबाट प्राप्त जानकारी अनुसार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *