मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
सिरहामा “प्रहरी संग छलफल तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न, आप्रवासी मुद्दामाथि विशेष जोड
सिरहामा “प्रहरी संग छलफल तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न, आप्रवासी मुद्दामाथि विशेष जोड
थाङमिचागु डटकम संवाददाता

सिरहा | मिति: २०८२ साल, असार १४ गते
सिरहा जिल्लामा “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत आप्रवासी र वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा केन्द्रित “प्रहरी संग छलफल तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रम सामि परियोजना सिरहाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय, सिरहाको सहकार्यमा सिरहा नगरपालिका–७ स्थित जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यालले आप्रवासी नेपालीहरूको हकहित, सुरक्षा र सहयोगका लागि प्रहरी प्रशासन, स्थानीय सरकार र सामाजिक संस्थाबीच समन्वय अपरिहार्य रहेको बताउँदै यस्ता कार्यक्रमले समुदायलाई सशक्त बनाउने उल्लेख गरे।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अन्नतराम शर्मा, सामि परियोजनाका अध्यक्ष नथुनी मण्डल, संस्थाका कर्मचारी, प्रहरी प्रशासन, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वैदेशिक रोजगारमा जाने क्रममा देखिने समस्या, दलालहरूको ठगी, मानव तस्करी नियन्त्रण, आप्रवासी कामदारहरूको अधिकार, सुरक्षा र प्रहरी प्रशासनसँगको समन्वयका विषयमा गहन छलफल गरिएको थियो।
प्रहरी उपरीक्षक शर्माले विदेश जाने व्यक्तिहरूलाई दलालबाट सचेत रहनु आवश्यक रहेको उल्लेख गर्दै प्रहरी प्रशासन जनताको सेवामा सदैव तयार रहेको बताए। उहाँले वैधानिक प्रक्रिया अवलम्बन गर्न सुझाव समेत दिनुभयो।
सहभागीहरूबाट वैदेशिक रोजगारसम्बन्धी अनुभव, जिज्ञासा र प्रश्नहरू उठाइएका थिए, जसमा सम्बन्धित निकायका प्रतिनिधिहरूले स्पष्ट र जानकारीमूलक उत्तर प्रदान गरेका थिए।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
यस्ता कार्यक्रमले आप्रवासी नेपालीहरूको हकहित संरक्षण तथा समुदाय–प्रहरी सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।





