लाहानमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, दियान्शु रोक्का प्रथम!

0Shares

प्रथम जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता लहानमा सम्पन्न

थाङमिचागु डटकम संवाददाता

२०८२ साल, असार १३ गते, शनिबारस्थान: लहान, सिराहा

सिराहा जिल्लाको लहानमा एल.एम.सी. एकेडेमिक क्लबको आयोजनामा तथा मिडिया एण्ड मार्केटिङ क्लबको सहकार्यमा आयोजित प्रथम जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता एक भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।

लहानको शैक्षिक वातावरणलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा जिल्लाभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै सगरमाथा माध्यमिक विद्यालय, मिर्चैयाका दियान्शु रोक्का प्रथम स्थान हासिल गर्न सफल भए।
त्यस्तै, एल.एम.सी. माध्यमिक विद्यालय, लहानकी स्वीकृति शिव चौधरी दोस्रो स्थानमा र हिमालया विद्या मन्दिर, लहानका सानो चौधरी तेस्रो स्थानमा रहे।
लेखनाथ मावि, लहान–२४ की परिना चौहानलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा निर्णायक मण्डलले सहभागी सबै विद्यार्थीहरूको प्रस्तुति सराहनीय रहेको भन्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीको अभिव्यक्ति क्षमता, नेतृत्व विकास र आत्मविश्वास वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रम सफल बनाउनमा अग्रणी भूमिका निर्वाह गरेको एल.एम.सी. एकेडेमिक क्लबलाई विभिन्न पक्षबाट धन्यवाद तथा प्रशंसा व्यक्त गरिएको छ। क्लबले शैक्षिक नेतृत्व, संगठन क्षमता र प्रतिबद्धता प्रस्तुत गर्दै लहानको शैक्षिक विकासमा नयाँ प्रेरणा थपेको छ।

सभी विजयी विद्यार्थीहरूलाई बधाई तथा सहभागी सम्पूर्णलाई आगामी अवसरका लागि शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *