राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
पनौतीमा कुलोले बगाउँदा एक महिला बेपत्ता, खोजी कार्य जारी ।।।
पनौतीमा कुलोले बगाउँदा एक महिला बेपत्ता, खोजी कार्य जारी ।।।
थाङमिचागु डटकम संवाददाता

माया स्याङतान,जेठ ५ । काभ्रे जिल्लाको पनौती नगरपालिका–५ स्थित बस्तीमा कुलोको भेलले एक महिलालाई बगाउँदा बेपत्ता बनाएको छ । आइतबार दिउँसोको समयमा आएको अचानकको भेलले घरअगाडिको कुलो पार गर्न खोजेकी महिलालाई बगाउँदा अहिले पनि खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
बेपत्ता भएकी महिला ४५ वर्षीया स्थानिय बासिन्दा भएको प्रारम्भिक जानकारी आएको छ । घटनापछि प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा खोजी कार्य तिब्र पारिएको छ । भारी वर्षापछि कुलोमा आएको पानीको तीव्र बहावका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार, महिला कुलो तर्ने क्रममा अचानक आएको भेलमा परेकी थिइन् । उद्धार टोलीले कुलो आसपासको क्षेत्र, खोल्साखोल्सी तथा संभावित बहावको दिशा हेरेर खोजी कार्य गरिरहेको छ ।
पनौती नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले नागरिकहरूलाई भारी वर्षाको समयमा सतर्क रहन, कुलो र खोलानाला नजिक नजान तथा जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । यस्तै, प्राकृतिक प्रकोप तथा आकस्मिक घटनाका लागि स्थानीय तह, सुरक्षा निकाय तथा रेडक्रसजस्ता संस्थाहरूलाई तयारी अवस्थामा राखिएको छ ।
घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ । परिवार तथा समुदायले महिलाको सकुशल उद्धारको अपेक्षा गर्दै सुरक्षाकर्मीलाई सहकार्य गरिरहेका छन् ।
प्राकृतिक विपद्का बेला सतर्कता र सावधानी नअपनाउँदा ज्यानै जाने जोखिम हुने भएकाले सरोकारवाला निकायहरूबाट निरन्तर जनचेतनामूलक अभियान आवश्यक देखिएको स्थानीयबासीले बताएका छन् ।




