उधारो असुलीका लागि कानुन बनाउन सांसद गणेश पराजुलीको माग

0Shares

उधारो असुलीका लागि कानुन बनाउन सांसद गणेश पराजुलीको माग
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ, वैशाख २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले व्यापारका क्रममा दिइने उधारो रकम असुलीका लागि विशेष कानुन बनाउनु पर्ने माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पराजुलीले हाल उधारो रकम असुल गर्न कठिनाइ हुने अवस्था रहेको बताउँदै कानुनी व्यवस्था नहुँदा व्यापारीहरू मानसिक तनावमा पर्ने अवस्था आएको उल्लेख गरे।

“व्यापारमा कहिलेकाहीँ ग्राहकलाई उधारो दिनुपर्ने बाध्यता आउँछ,” पराजुलीले भने, “तर जब उठाउन जान्छौं, कानुनले समर्थन नगर्ने अवस्था आउँछ। यसले धेरै व्यापारीहरूलाई ऋणको भारमा पारेर डिप्रेशन र आत्महत्याको समेत अवस्था ल्याइरहेको छ।”

उनले यस्ता समस्याबाट बच्नका लागि उधारो असुलीलाई कानुनी मान्यता दिने स्पष्ट नियम र प्रक्रिया आवश्यक रहेको जिकिर गरे। साथै, उनले यस्ता कानुनले साना तथा मझौला व्यापारीहरूलाई विशेष रूपमा राहत दिने विश्वास व्यक्त गरे।

सांसद पराजुलीको प्रस्तावसँगै प्रतिनिधिसभामा आर्थिक अनुशासन र वित्तीय सुरक्षाका विषयमा बहस चर्कने देखिएको छ। अब संसद तथा सम्बन्धित मन्त्रालयको ध्यान यसतर्फ जानुपर्ने माग समेत उठेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *