नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रचण्ड भन्छन्: “सरकार बनाउन जादु चलाउन सक्छौं, तर अहिले जनतामै ध्यान केन्द्रित गरेका छौं”
प्रचण्ड भन्छन्: “सरकार बनाउन जादु चलाउन सक्छौं, तर अहिले जनतामै ध्यान केन्द्रित गरेका छौं”
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, बैशाख २३ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा सरकार निर्माणको प्रयासमा आफ्नो दल लागेको नभई जनसम्पर्क अभियानमा केन्द्रित रहेको बताएका छन्।
थाङमिचागु डटकम संग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, “सरकार बनाउनका लागि जादु चलाउन चाहे त चल्छ, तर अहिले हामी चलाउने पक्षमा छैनौं।” उनले स्पष्ट रूपमा आफ्नो पार्टीको प्राथमिकता सरकार निर्माण नभएर जनतासँग प्रत्यक्ष सम्पर्क बढाउनेतिर रहेको बताए।
उनले हाल माओवादी केन्द्रले “मध्यपहाडी लोकमार्ग अभियान” सुरु गर्न लागेको जानकारी पनि दिए। “हाम्रो ध्यान जनतामै जाने छ,” उनले भने, “हामी मध्यपहाडी लोकमार्ग अभियानमा जाँदैछौं।”
प्रचण्डको यो अभिव्यक्तिले हालको सत्ता समीकरण र संभावित राजनीतिक गठबन्धनप्रति विभिन्न अड्कलबाजी भइरहेका बेला नयाँ संकेत दिएको छ।





