बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
सरकारको नीति तथा कार्यक्रममा यसै अधिवेशनमा शिक्षा विधेयक पारित गरिने घोषणा

काठमाडौँ : सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ यसै अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा विधेयक पारित गर्ने घोषणा गरेका हुन्।
उनले सबै बालबालिकाहरूलाई आधारभूत शिक्षाको पहुँचमा ल्याउने पनि बताए।
उनले भने, ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यसै अधिवेशनबाट पारित गरिने छ, शिक्षालाई सर्व सुलभ, गुणस्तरीय र जीवनउपयोगी बनाइने छ, त्यसैअनुसार पाठ्यक्रम पनि बनाइने छ।’





