नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
शिक्षक आन्दोलन नरोकिने , अझ शसक्त हुने ।

काठमाडौं : शिक्षक महासंघले शिक्षकको आन्दोलन नरोकिने प्रतिक्रिया दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहेको भन्दै बुधबार पनि नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्।
केही बेरअघि सामाजिक सञ्जालमा लेखेर सुवेदीले आफूहरूले उठाएका मागप्रति राज्य अझै अनुदार रहेको भन्दै आन्दोलन निर्णायक मोडमा आइपुगेको प्रतिक्रिया दिएका छन्। ‘ हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन’, उनले लेखेका छन्, ‘अब हामी निर्णायक मोडमा आइपुगेका छौँ। ’
सुवेदीले आन्दोलन अझ सशक्त बनाउन देशभरका शिक्षकहरुलाई आह्वान गरेका छन्। अनाधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रही आन्दोलनमा निरन्तर डटिरहन शिक्षकहरूलाई आग्रह गरेका छन्।
देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन्। हिजोबाट शिक्षकहरु जिल्ला जिल्लाबाट आउने क्रम जारी रहेको बताइएको छ। उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षासमेत बहिस्कार गरेका छन्।
यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको थियो।
संघीय संसदमा विचाराधीन विधेयक पारित गर्ने समेतका प्रयोजनका लागि समेत अधिवेशन आह्वान गर्न सिफारिस गरेको सरकारले बताएको छ।





