मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
तामाकोसी नदीमा डुबेर एसईई परीक्षार्थीको मृत्यु
तामाकोसी नदीमा डुबेर एसईई परीक्षार्थीको मृत्यु
दोलखा, २०८१ चैत ७ – दोलखाको तामाकोसी नदीमा डुबेर एक जना एसईई परीक्षार्थीको मृत्यु भएको छ। विगु गाउँपालिका-२ ओराङका १७ वर्षीय प्रविण तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता, प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार मृतक तामाङ ओराङको देउलाङग्श्वरी माध्यमिक विद्यालयका विद्यार्थी हुन्। उनी एसईई परीक्षा दिन विगु-१ जगतको गौरीशंकर माध्यमिक विद्यालय आएका थिए।
बिहीबार पहिलो दिनको अनिवार्य अंग्रेजी परीक्षा सकेपछि साथीहरूसँग नुहाउन गएका तामाङ तामाकोसी नदीमा डुबे। उनलाई बचाउने प्रयास असफल भएपछि उनका साथी सोनाम तामाङले प्रहरीलाई खबर गरेका थिए।
मृतक तामाङ परीक्षा तयारीका लागि जगतमा कोठा भाडामा लिएर बस्दै आएका थिए। यस घटनाले स्थानीय विद्यार्थी र अभिभावकमा शोक छाएको छ।
(थाङ्मीचागु डटकम सम्बादाता )





