मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
बैतेश्वर-५ मा अखिल नेपाल महिला संघको वडा समिति गठन
बैतेश्वर-५ मा अखिल नेपाल महिला संघको वडा समिति गठन
बैतेश्वर, दोलखा – २०८१ चैत्र ६
अखिल नेपाल महिला संघ (अनेमसँघ) बैतेश्वर गाउँपालिका-५ को वडा समिति गठन गरिएको छ। समितिको अध्यक्षमा शुभद्रा अछामी मिजार चयन हुनु भएको छ भने समितिमा ९ जना सदस्य रहेका छन्।
वडा समिति गठन कार्यक्रमका प्रमुख अतिथि अनेमसँघ केन्द्रीय सदस्य उर्मिला थामी रहनु भएको थियो। विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य रोचकुमारी चौलागाईं, साथै अतिथिहरूमा अनेमसँघ जिल्ला कमिटी उपाध्यक्ष कमलकुमारी कार्की, अनेमसँघ बैतेश्वर गाउँपालिका अध्यक्ष सम्झना अधिकारी, जनप्रतिनिधि शान्ता तोलाङ्गे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अनेमसँघको “जरा अभियान” लाई टोल-टोलसम्म पुर्याउने, नयाँ सदस्यता वितरण गर्ने तथा चैत्र महिनाभित्र सदस्यता नवीकरण सम्पन्न गर्ने निर्णय गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यसबारे थप जानकारी अनेमसँघ प्रदेश कमिटी सदस्य पार्वती खड्काले थाङ्मीचागु डटकमलाई दिनुभएको छ।
महिला सशक्तिकरणमा अनेमसँघको भूमिका
अखिल नेपाल महिला संघ (अनेमसँघ) नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट महिला संगठन हो। महिलाहरूको अधिकार, समानता, सामाजिक न्याय, र आर्थिक सशक्तिकरणका लागि अनेमसँघ लामो समयदेखि संघर्षरत छ।
संघका मुख्य गतिविधिहरू:
- महिला हिंसाविरुद्ध अभियान सञ्चालन
- शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सशक्तिकरणमा पहल
- राजनीतिक नेतृत्वमा महिलाको सहभागिता अभिवृद्धि
- सामाजिक कुरीतिहरूविरुद्ध सचेतना कार्यक्रमहरू सञ्चालन
- महिला बचत तथा सहकारी अभियान प्रवर्द्धन
बैतेश्वर-५ मा गठन भएको नयाँ समिति पनि यी उद्देश्यहरू अनुरूप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
(थाङ्मीचागु डटकम)





